२०८३ भाद्र २३ गते मङ्गलवार

म माथि हातपातको प्रयास भएको भन्नु गलत हो – जिल्ला सचिव डाँगी

सामान्ने कुरालाई उछाल्नु सही हैन – तरुण अध्यक्ष घर्ती


तुलसीपुर, मंसिर ५ । नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले आफुमाथि तुलसीपुरमा हातपातको प्रयास भएको भनेर प्रचार गरिनु गलत भएको बताएका छन् । फरककोण संगको फोन सम्बादतमा सचिव डाँगीले चुनाबको बिषयमा छलफल हुँदा कोही अलि चर्कौ स्वरमा बोलेको बिषयलाई ठूलै झगडा र बिबादका रुपमा अथ्र्याउन खोज्नु सही नहुने बताए ।

‘मलाई कसैले केही गरको हैन । टिकाजी अलि चर्कौ बोल्नु भएको मात्रै हो,’ डाँगीले भने ‘ यो हाम्रो घर भित्रको आन्तरिक मामिला हो । साना तिनो बिबादलाई ठूलो बनाउन कसैले प्रयास गर्नु भएन।’

नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिकाराम घर्तीले पनि पार्टी भित्रको निर्वाचनको बिषयमा आफुहरुका बीचमा मतभेद भएपनि प्रचार गरे जस्तो आँफूले जिल्ला सचिव डाँगीलाई हातपातको प्रयास नगरेको प्रतिक्रिया दिए । ‘मैले कसैलाई पनि हातपातको प्रयास गरेको छैन,’ उनले फोनमा भने ‘सामान्ने कुरालाई उछालेर बिबाद सृजना गर्न खोज्न सही हैन ।’

तर घटनाका प्रत्यक्षदर्सीले भने फरककोणलाई फरक जानकारी दिएका छन् । तरुण दलका जिल्ला अध्यक्ष घर्तीले जिल्ला सचिव डाँगीमाथि एकाएक हातपात गर्न प्रयास गरेपछि आइतबार अपरान्ह ५ बजेतिर तुलसीपुरस्थित एक चिया पसल अगाडि तनाब सृजना भएको आँफुले देखेको ती प्रत्यक्षदर्सीले बताए ।

‘नेपाल तरुण दलका जिल्ला अध्यक्ष घर्तीले काँग्रेस दाङका सचिव डाँगीलाई आफुलाई निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभापति पदमा हराउन भूमिका खेलेको भनेर आक्रोसित हुँदै हातपात प्रयास गरेपछि लफडा भएको हो,’ उनले भने ‘ घर्ती एकाएक डाँगीसंग झोक्किदै मलाई हराउन भूमिका खेल्ने भन्दै कुर्सी उठाएर हान्न उठे पछि र छातिमा हातले धकल्न खोजेपछि उल्टै घर्तीमाथि डाँगीका साथीहरुले हातपात गरेका थिए।’

घटना नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरीको घर नजिकै चिया पसल अगाडी सडकमै भएको ती प्रत्यक्षदर्सीले बताए ।
पार्टी भित्र सचिव डाँगी संस्थापन इतर पक्षधर हुन । संघीय सभापति लगाएत उम्मेदवारको टुँगो लगाउन सचिव डाँगी लगाएतका नेताहरु तुलसीपुरस्थित केन्द्रीय सदस्य गिरीको घरमा आएको समयमा साथीहरु संग चिया पसल पुगेका थिए ।

एक दिन अगाडि मात्रै प्रदेश सभापतिमा पराजित घर्तीपनि त्यहाँ पुगेपछि लफडा भएको प्रत्यक्षदर्सीले बताए । पार्टी भित्र घर्ती संस्थापन पक्षधर मानिन्छन् । पूर्व माननिय गेहेन्द्र गिरी प्यानलबाट उनले उम्मेदवारी दिएका थिए । उनी दीपक गिरी प्यानलका उम्मेदवार खिमबहादुर वलीसंग पराजित भएका थिए ।

जिल्ला सचिवमाथि हातपातको प्रयास भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याल नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

तर, नेताहरुले पछि आन्तरिक बिबाद भएको भन्दै प्रहरीलाई भित्र प्रबेश गर्न रोक लगाएको डिएसपी अर्यालले बताए । ‘ म पुग्दा दुई नेताहरु एक्लै बसेर कुरा गरि रहनु भएको थियो,’ डिएसपी अर्यालले भने ‘ पछि उहाँहरु हाँसी खुसी हात मिलाएर छुट्टिनु भएको हो ।’

त्यसपछि प्रहरीले नै गाडीमा राखेर तरुण अध्यक्ष घर्तीलाई उनको कोठामा पु¥याएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *