२०८३ बैशाख २ गते बुधवार

काँग्रेस दाङमा ९ जना प्रदेश महाधिबेशन प्रतिनिधि निर्विरोध निर्वाचित (नामसहित)

दाङ, मंसिर ३ । नेपाली काग्रेसको १४औं महाधिबेशन अन्र्तगत दाङमा शुक्रबार नै ९ जना प्रदेश महाधिबेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । समानुपातिक तर्फका केही पदहरुका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।

दाङको प्रदेश निर्वाचन प्रदेश निर्वाचन क्षेत्र ३ को (क) चुर्णबहादुर चौधरी थारु प्रदेश महाधिवेशन प्रतिनिधि निर्बिरोध भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र ३ को (ख) मा थारु तर्फकै मधु चौधरीपनि प्रदेश महाधिबेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र २ को (क) मा प्रदेश महाधिबेशन प्रतिनिधिमा आदिबासी जनजाति तर्फ धुर्बकुमार पुन, खस आर्य तर्फ मनोज वुढाथोकी र दलित तर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र २ (ख) मा मुस्लिम तर्फको प्रदेश महाधिबेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै दाङको क्षेत्र प्रदेश निर्वाचन क्षेत्र १ को (ख) को प्रदेश महाधिबेशन प्रतिनिधिमा खस आर्य तर्फ घनश्याम केसी र विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । केसी पुरुषतर्फ र न्यौपाने महिलातर्फ निर्विरोध भएका हुन । अन्य पदमा भने निर्वाचन हुने छ ।

जिल्लाका ६ वटै प्रदेश सभापतिका लागि शुक्रबार १३ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन क्षेत्र नं. ३ (ख)मा सभापतिका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो बाहेक अन्य पाँच निर्वाचन क्षेत्रमा भने दुई दुई जनालवे मनोनयन दर्ता गराएका छन् । नेतृत्व चुन्नका लागि शनिबार बिहान ९ बजेदेखि मतदानको समय तोकिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *