दाङ, मंसिर ३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री ६८ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी केशर खड्काले ३९ र रामबहादुर बिष्टले २७ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा सुरबिक्रम शाहले ८३ र गोपाल थारुले ७० मत प्राप्त गरि विजयी भए । उनीहरुका प्रतिस्पर्धिहरु दुर्गाबहादुर घिमिरे क्षेत्रीले ५८ र महेन्द्रबहादुर थारुले ५८ मत प्राप्त गरेका थिए ।
सचिवमा टंकबहादुर बुढामगरले ७३ र कृष्णबहादुर कुँवरले ६८ मत प्राप्त गरि विजयी भए । उनीहरुका प्रतिष्पर्धी महाविर थारुले ६४ र बसन्तकुमार रावतले ५९ मत प्राप्त गरे । सहसचिवमा रुपा चौधरीले ९७ र पवनकुमार पुनमगरले ९० मत पाएर विजयी भए ।
उनीहरुका निकटतम प्रतिष्पर्धी नैनसरा रावतले ५४ र उत्सव रानाक्षेत्रीले ११ मत प्राप्त गरे । यहाँ प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिमा २ जना निर्विरोध निर्वाचित भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए ।
बैजनाथमा खसेको कुल १ सय ४९ मत मध्ये शत प्रतिशत खसेको र ८ मत बदर भएको थियो । नेपाली कांग्रेसका नेताका अनुसार निर्वाचित हुने सभापतिसहित पुरै संस्थाप पक्षका हुन ।