
बाँके, कात्तिक २६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा हुन गई रहेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेर सामाग्री हस्तान्तरण गरेको हो ।
अभिमुखिकरण कार्यक्रम पछि सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री दिएर पठाइएको निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए ।
बाँकेमा ८ वटा स्थानीय तहका ८१ वटाका मतदान अधिकृत र सहायक मतदान अधिकृत सम्बन्धित क्षेत्रमा प्रस्थान गरि सकेका छन् ।
समितिका सदस्य एवं नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवले निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत भएर खटिनेहरुलाई तटस्थ भूमिका खेल्न निर्देशन दिएका थिए ।
निर्वाचन परिचालन समितिका सदस्य९प्रवक्ता० एवं नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपाली कांग्रेसको निर्वाचनलाई सफल बनाउने दायित्व निष्पक्ष रुपमा पुरा गर्न आग्रह गरे ।
निर्वाचन परिचालन समितिका सदस्य एवं डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले निर्वाचनका प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।
निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयनका लागि समय छुट्याइएको छ ।
बाँकेको वडादेखि जिलला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका र नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिललाको निर्वाचनको मिति तोकिएको छ ।