२०८३ कार्तिक १० गते सोमवार

समुह बनाउने बहानामा लाखौं ठगी, सञ्चालक फरार

तुलसीपुर, कात्तिक २६ ।समूह बनाउने बहानामा दाङमा सर्वसाधारणबाट लाखौं रकम ठगी भएको छ ।
कैलाली घर बताउने फारवेष्ट एग्रिकच्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका संयोजक सुगम देउवा नाम बताउने मानबहादुर देउवाले तुलसीपुरका किसान र सर्वसाधारणबाट लाखौं रकम ठगेर सम्पर्कविहीन बनेपछि पीडित प्रहरीको शरणमा पुगेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँमा रहेको कम्पनीको प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घलेले मिलेर सर्वसाधारणलाई गठी गरेको पीडितले बताएका छन् ।संस्थाकी एक ब्यबस्थापक माया बोहोराले कम्पनीले रकम संकलन गर्नका लागि भनेर ४२ जना कर्मचारी राखेर रकम संकलन गरेर फरार भएको बताइन ।

डुम्रीगाउँमा रहेको कम्पनीको बन्द कार्यालयमा भेला भएका पीडित महिलाहरुले आफुहरु प्रहरी प्रशासनमा पुगेर सहयोग माग्दा पनि कसैले सहयोग नगरेको गुनासो गरेका छन् ।

कम्पनीले दाङ जिल्लाका पाँच वटा पालिकाहरू तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका तथा तुलसीपुर पूर्वको घोराही उपमहानगरपालिकालाई आधार बनाएर समूह गठन गरी रकम संकलन गर्दै आएको थियो।

कम्पनी समाजिक परिचालकहरु परिचालन गरि एक हजार तीन सय कृषकबाट प्रति कृषक पाँच सयका दरले संकलन गरेको रकममध्ये ६ लाख ६५ हजार, कर्मचारीको बीमा बापतको रकम नौ लाख पाँच हजार र कर्मचारीको तलब ५३ लाख ७७ हजार आठ सय समेत गरी ६९ लाख ४७ हजार आठ सय रकम ठगेर भागेको दंगीशरण गाउँपालिकाका समाजिक परिचालक प्रदिप वलीले बताए ।

स्थानीय प्रशासनमा असोज ४ गते पीडितले दिएको जाहेरीमा झन्डै ७० लाख रकम हिनामिना गरी कम्पनीका प्रबन्धकमा मानबहादुर देउवा र संयोजकमा सुरेश घले २०७७ माघ महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख छ ।

कम्पनीका व्यवस्थापकहरू पार्वती केसी, माया बोहोरा र अनिता वलीले स्थानीय प्रशासनमा दिएको जाहेरीमा किसान र सर्वसाधारणको लाखौं रकम हिनामिना गर्नेहरूलाई झिकाएर आवश्यक कानुनी कारबाहीको माग गरेपनि त्यसको कुनै सुनवाई भएको छैन ।कम्पनीको शान्तिनगर गाउँपालिकाकी सामाजिक परिचालक तुलसी रावतले जानकारी दिइन ।

यही कम्पनीको नामबाट देउवाले दार्चुलाका ९२ जना युवाबाट लाखौं रकम ठगेको पाइएको छ ।दार्चुलाबाट मात्रै देउवाले ३० लाख ६३ हजार ६ सय रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

देउवाले कम्पनी सञ्चालनको नामा सुदूरपश्चिमको दार्चुला, कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा त्यसैगरी ठगेको पाइएको छ।

त्यस्तै बर्दिया, दाङ, काभ्रे र नुवाकोट जिल्लामा समेत गरी ९ जिल्लामा पुगेर उनले ठगी गरेको देखिन आएको प्रहरी प्रशासनले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *