तुलसीपुर, कात्तिक २२ । तुलसीपुरका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या आरोपी मध्य एकजना पक्राउ परेका छन ।
स्थानीय १८ बर्षीय रेशम थापालाई लुकिछिपी बसेको अवस्थामा गाउँघरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अयालले फरककोणलाई बताए ।
तिहारको दिन राति तीन युवाको धारिलो हतियार र लाठी प्रहारबाट टोपबहादुरको पुन मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते रहेका छन् । उनको छिमेकी देश भारतमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर ४ कै २० बर्षीय खिमबहादुर मगर, २१ बर्षीय विनय मगर र १८ बर्षीय रेशम थापाले लाठी र धारिलो हतियार प्रहार गरेको डिएसपी अर्यालले बताए ।
आरोपित तीन जना मध्य एक जना थापा मात्रै पक्राउ परेका छन् । अन्य दुई जना अझैं फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी थापाले जानकारी दिए ।
