२०८३ भाद्र १२ गते शुक्रवार

पुजा र आकाशको प्रेम ( भिडियो )

कार्तिक १५ । नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। ‘जब तिमी’ बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। भिडियोमा नायिका शर्मालाई बोनम्यारो फेल भएकी प्रेमिकाका रुपमा देखाइएको छ। प्रेमी आकाश उनलाई खुशी राख्न प्रयासरत देखिन्छन्।

गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ।

सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्। किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *