काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनको मिति फेरि सारेको छ।
बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेस महाधिवेशन मंसिर २७ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको उनले बताए ।
अब हुन बाँकी वडा अविधेशन १३ जिल्लामा कात्तिक २७ गतेका दिन तोकिएको छ । त्यस्तै पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ।
अहिलेसम्म हिमाली र उच्च पहाडी १३ जिल्ला मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेसले यसअघि मंसिर ९ देखि १२ गतेसम्म अधिबेशन गर्ने कार्यतालिका तय गरेको थियो।
त्यसपछि फेरि मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको मिति तय गरेको थियो । पछिल्लो समय मिति हेरफेर गरि मंसिर २७ देखि ३० गते गर्ने निर्णय गरिएको छ ।