२०८३ जेष्ठ ३१ गते आइतवार

यी हुन, एमाले दाङमा १० पालिकाका अध्यक्षहरु

दाङ, कात्तिक १० । नेकपा (एमाले) ले दाङका दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली, घोराही उपमहानगरपालिकामा भागिराम चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी सर्वसम्मत रुपमा नगर अध्यक्ष चयन गरिएका हुन ।

त्यस्तै बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी,राप्ती मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी अध्यक्ष बनेका छन् ।

एमाले दाङका अध्यक्ष टीकाराम खड्काका अनुसार जिल्लाका दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।पालिकामा एकजना महिला पनि नेतृत्वमा आएका छैनन् ।

यो पनि पढ्नुहोस

दाङ एमालेमा, ९ पालिकामा नयाँ नेतृत्व चयन – कहाँ को ?

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *