२०८३ जेष्ठ २६ गते मङ्गलवार

समाज बिकासको पहिलो आधार शिक्षा ः राज्यमन्त्री श्रेष्ठ

दाङ, कात्तिक ८ । लुम्विनी प्रदेशका उर्जा सिंचाइ तथा जलश्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले अनुशासित र शिक्षित नागरिकले नै सभ्य समाज निर्माण गर्ने बताएका छन ।

दाङको घारोही—१५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलको निरिक्षण गर्दै उनले गुणस्तरीय शिक्षासँगै अनुशासित नागरिक तयार गर्न शिक्षकहरुलाई निर्देशन दिए ।


समाज बिकासको पहिलो आधार नै शिक्षा भएको भन्दै cले युग सुहाउदो शिक्षा दिने वातावरण बनाउनका लागि सवै लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा विद्यालयको कक्षा कोठा थप सहित आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्न माग गर्दै विद्यालयले राज्यमन्त्रि श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।


ज्ञापनपत्रमा विद्यालयको पूर्व तर्फको खाली जग्गामा भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिन, थप कक्षा कोठा निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिन, विद्यालयको कम्पाउण्डमा टायल लगायतका पूर्वाधार निर्माणमा आवश्यक सहयोग गरिदिन र कम्युटर ल्यावलाई ब्यवस्थित र थप गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिदिन माग गरिएको छ ।


विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले ज्ञापनपत्र बुझाउदै आवश्यक बजेट बिनियोजनका लागि अनुरोध गरिन ।

ज्ञापनपत्र बुझ्दै राज्यमन्त्रि श्रेष्ठले विद्यालयको भौतिक बिकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *