
सल्यान, कात्तिक ६।सल्यानको कपुरकोट गाउँपालिकाका ६ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएकोे छ । सबै वडामा सर्वसहमत नेतृत्व चयन गरिएको छ ।
कपुरकोट १ मा अध्यक्ष दिपेन्द्र बुढा, उपाध्यक्ष पुर्णबहादुर रावत, सचिव धनबहादुर राना , उपसचिवमा बिरमती घर्ती र उजाराम बाँठासहित ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
वडा नं. २ मा अध्यक्ष नवराज बुढा, उपाध्यक्ष तोफाराम डांगी, सचिव सन्तसिंह घर्ती, सहसचिवमा झग्गु शिरिस र भिमबहादुर नफेल चयन भएका छन् । साथै त्यहाँ बिरसिंह बिकको संयोजकत्वमा ३५ सदस्यीय युवासंघ वडा कमिटी पनि निर्माण गरिएको एमाले कपुरकोटका सहसंयोजक ओमबहादुर बुढाले बताए ।
वडा नं. ३ मा अध्यक्ष रुद्रबिर कवर, उपाध्यक्ष मेघबहादुर बाँठा, सचिव अर्जुन डांगी, सहसचिव अञ्जु साहु र खड्कसिंह खड्का रहेका छन् । त्यस्तै वडा नं. ४ मा अध्यक्ष मित्र कठायत, उपाध्यक्ष रेशम चन्द, सचिव दिपक पुन , सहसचिव भूमिसरा बस्नेत र गोविन्द बुढा रहेका छन् ।

वडा नं. ५ मा अध्यक्ष नन्दराम केसी, उपाध्यक्ष लालसिंह वली, सचिव लोकेन्द्र पुन, सहसचिब रोहित महतारा र अमृत केसी रहेका छन् ।
वडा नं. ६ मा अध्यक्ष पुर्णसिंह बोहरा, उपाध्यक्ष तिलक वली, सचिव कृष्ण खड्का, सहसचिवमा सन्ध्या महतारा र नन्दा महतारा रहेका छन् । त्यहाँ उदिराम रोका संयोजक रहेको ५ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरिएको छ । जसको सदस्यहरुमा पदम खड्का, सिताराम बोहोरा, फौद बहादुर खड्का र रुपलाल बुढाथोकी रहेका छन् ।
सबै वडामा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको एमाले कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जानकारी दिए ।
कपुरकोट २ र ३ को वडा अधिवेशनको एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गरेका थिए ।
