२०८३ भाद्र २३ गते मङ्गलवार

रुकुम पश्चिममा काँग्रेसका कार्यकर्तालाई माओबादी कार्यकर्ताले खुकुरी प्रहार गरे

रुकुम पश्चिम, असोज १३ । रुकुम पश्चिममा एकीकृत माओबादीका कार्यकर्ताको खुकुरी प्रहार बाट नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् ।

बुधार आठबिसकोट नगरपालिका–३ स्यालाखदीका २३ वर्षीय काँग्रेस कार्यकर्ता कर्णबहादुर बोहरा गम्भीर घाइते भएका छन् ।
बोहोरालाई स्थानीय माओबादी कार्यकर्ता १८ वर्षीय महेन्द विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी, २२ वर्षीय कृष्ण विकले खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीले उनीहरुको खुकुरी प्रहारबाट बोहराको मुख, चिउडो, टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएपनि उपचार संभव नभएपछि हेलोकोप्टर चार्टर गरि बाहिरी जिल्ला लैजाने तयारी परिवार जनले गरेका छन् ।

राजनीतिक र खानेपानी मुहानको पुरानो विवादको कारण बोहोरामाथि सांघातिक आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *