
तुलसीपुर, असोज १३ । दाङको क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी पर्यटन मन्त्री बन्ने भएका छन् । बुधबार बेलुका नै सपथको कार्यक्रम तय भएको चौधरीले बताए ।
उनले बुधबार बेलुृका ८ बजेसम्म सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । नेकपा एकीकृत (समाजबादी)ले नेता बिरोड खतिबडाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ । सरकारमा पठाउने ६ ब्यक्तिको नाम उक्त पार्टीले मंगलबार नै टुँगो लगाएको थियो ।
नेता चौधरीले आँफू पर्यटन मन्त्री बन्ने टुँगो लागेको जानकारी दिदै संभवतः खतिवडा भौतिक तथा पूर्वाधार, रामकुमारी झाँर्की रक्षा, जीवन राम श्रेष्ठ खेलकुद, प्रेम आले भूमि सुधार र भवानी खापुङ महिला तथा बालबालिका मन्त्री बन्ने संभावना रहेको जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
