
तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत २०० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमाल र उनको टिमले आफ्ना प्रतिपर्धी भन्दा अग्रता बढाउँदै लगेका छन् ।सभापतिमा हमालले १२७ र प्रतिपर्धी अनिल कार्कीले जम्मा ६८ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले १२९ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको ८६ मत प्राप्त गरेका छन् ।
उनीहरुका प्रतिपर्धी कार्की टिमका उपसभापतिहरुले २०० मत गणना गर्दा गौरब सुबेदीले ९० र अशोककुमार श्रेष्ठको ६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले ८५ र बिमल पौडेलले ११७ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको ६८ , परशुराम चौधरीको ५९ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको २३ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले १०७ र शेषमणि भण्डारीले ११८ मत प्राप्त गरेका छन् ।
सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले ७३ र तिलसरा वलीले ६१ मत प्राप्त गरेका छन् । मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।
