२०८३ कार्तिक ११ गते मङ्गलवार

१५० मत गन्दा सुरेश हमालको अग्रता प्रतिस्पर्धी भन्दा दोब्बरले बढी

तस्बिर – शरद रेग्मी ।

तुलसीपुर, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत १५० मत गणना गर्दा नगर सभापति पदका उम्मेदवार सुरेश हमालले आफ्ना प्रतिस्पर्धी भन्दा अग्रता दोब्बर बढी पुगेको छ ।

सभापतिमा हमालले १०१ र प्रतिस्पर्धी अनिल कार्कीले जम्मा ४५ मत मात्रै प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका बिनिल केसीले ९७ मत प्राप्त गरेका छन् । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीको ७३ मत प्राप्त गरेका छन् ।

उनीहरुका प्रतिस्पर्धी कार्की टिमका उपसभापतिहरुले १५० मत गणना गर्दा गौरब सुबेदीले ६२ र अशोककुमार श्रेष्ठको ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिब तर्फ हमाल टिमका सुशील वलीले ६८ र बिमल पौडेलले ८७ मत प्राप्त गरेका छन् । कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको ४६, परशुराम चौधरीको ४३ मत प्राप्त गरेका छन् । सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको १८ मत प्राप्त भएको छ ।
त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार झनकबहादुर बस्नेतले ८६ र शेषमणि भण्डारीले ८९ मत प्राप्त गरेका छन् ।

सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले ५२ र तिलसरा वलीले ४४ मत प्राप्त गरेका छन् । मतगणना अझैं जारी छ । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *