२०८३ जेष्ठ ३१ गते आइतवार

रुकुमपश्चिमका पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन, मुसिकोट नगरपालिकामा मात्रै मतदान

तस्बिर – कमल खत्री ।

दाङ, असोज ९ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत रुकुम पश्चिमका चार पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाको बाँफीकोट गाउँपालिकाको सभापतिमा जनककुमार बाँठा मगर सर्वसम्मत रुपमा चयन भएका छन् । पुर्खेउली घर बाँफीकोटमा रहेका बाँठा पछिल्लो समय दाङको तुलसीपुरमा बस्दै आएका छन् ।

त्यस्तै आठबिसकोट नगरपालिमा अमृत बोहरा र चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओलीको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिका सभापतिमा दिपेन्द्र ओली र सानीभेरी गाउँपालिकाको सभापतिमा सन्तोष रोका सर्वसम्मत रुपमा चयन भएको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

रुकुम पश्चिममा मुसिकोट नगरपालिकामा नेतृत्व चुन्नका लागि मतदान भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *