२०८३ भाद्र १२ गते शुक्रवार

साउनदेखि पत्रकारको निशुल्क उपचार गर्ने सरकारी घोषणा

दाङ, जेठ १५ । सरकारले साउन महिनादेखि श्रमजीवी पत्रकारको उपचार निशुल्क गर्ने ब्यबस्था गरेको छ ।आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा निशुल्क उपचारको ब्यबस्था गरिने भएको छ ।

देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री बिष्णु पौडेलले बजेट बक्तब्यमा जानकारी दिएका हुन ।

त्यस्तै सरकारले श्रमजीवी पत्रकारको लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने निर्णय गरेको छ । बिमा शुल्क सरकारले तिर्ने व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए ।

पत्रकार कल्याणकारी कोष ३ महिनाभित्र कार्यान्वयनमा ल्याइने मन्त्री पौडेलले बताएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *