पोखरा, बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन । आइतबार मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई राजीनामा पत्र बुझाएका हुन ।
यसैबीच प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र नयाँ सरकार गठन गर्न आइतबार नै आह्वान गरेकी छिन ।
सोमबार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसुची रहेको थियो । त्यसको एक दिन पहिले नै मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएका हुन ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार
