२०८३ बैशाख १५ गते मङ्गलवार

आफुबिरुद्धको हस्ताक्षर फिर्ता लिनेलाई मुख्यमन्त्रीले लगालग मन्त्री पद दिदै

दाङ, बैशाख २१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार तेश्रोपटक मन्त्रीमण्डल बिस्तार गरेका छन । आइतवार दोस्रो पटक बिबादित रुपमा मुख्यमन्त्रीको सपथग्रहण गरेका उनले सोही दिन चारजना मन्त्री थप गरेका थिए ।

पोखरेलले आइतवार आर्थिक मामिला तथा योजना मन्त्रीमा बैजनाथ चौधरी, ग्रामीण तथा शहरी बिकास मन्त्रीमा हरि प्रसाद रिजाल, जसपाका सन्तोष पाण्डे भौतिक पुर्वाधार बिकास मन्त्री र बिजय हादुर यादव भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि उनले सोमबार फेरि दुईजनालाई मन्त्री बनाएका थिए । सोमबार पोखरेलले जसपाका कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक बिकास मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार बिकास राज्यमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

लगालग उनले फेरि मंगलबार मुख्य मन्त्रीले तीनजना मन्त्री थपेर मन्त्रीमण्डल दश सदस्य पु¥याएका छन् । पछिल्लो समय उनले रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव र अर्घाखाँचीका चेतनारायण आचार्यलाई मन्त्री बनाएका छन ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रीवास्तवलाई शिक्षा तथा सामाजिक बिकास र आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।मुख्यमन्त्रीले सोमबार मात्रै शिक्षा तथा सामाजिक बिकास मन्त्री बनाइएकी जनता समाजवादी पार्टीकी कल्पना पाण्डेलाई एकदिनमै मन्त्रालय हेरफेर गरि उद्योग बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पाडेको यसअघिको मन्त्रालय श्रीवास्तवलाई प्रदान गरिएको छ । श्रीबास्तबले आइतवार मुख्यमन्त्री पोखरेल विरुद्धमा माओवादी र नेपाली काँग्रेसको गठबन्धनलाई समर्थन गरेको भएपनि सोमबार त्यो फिर्ता लिएर मुख्यमन्त्रीलाई समर्थन जनाएका थिए । तीनै श्रीबास्तबलाई मुख्यमन्त्रीले मंगलबार मन्त्री नियुक्त गरेका हुन ।

प्रकाशित मिति : २०७८ बैशाख २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *