पोखरा, बैशाख १६ । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङेले नियुक्त गरिएका छन् । उनले बिहिबार नै मन्त्रीको सपथ लिएका छन् ।
तर उनले मन्त्रीको सपथ लिएपछि पत्रकारसंग कुरा गर्दै गण्डकीको सरकार दुई हप्तामै ढल्न सक्ने प्रतिक्रिया दिएका छन् ।
नवनियुक्त मन्त्री मनाङेले खेलाडीलाई खेल खेल्न मात्रै नलगाउने बरु जीविकोपार्जन गर्न पनि सघाउने दाबी गरे । उनले मनाङबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन जितेका थिए ।
प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
