तुलसीपुर , चैत १० । तुलसीपुरस्थित पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दूर्घटनामा परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीमा बिहान प्लस टूका विद्यार्थी ल्याएर बजार तर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डिएसपी शिवबहादुर सिंहले दूर्घटनामा ६÷७ जना घाइते भएको भन्ने खवर आएको र आफु घटनास्थल तर्फ गइरहेको बताए ।
‘ ७ जना जति विद्यार्थी घाइते भएको भन्ने छ र एकजना अझैंपनि बसले च्यापेको अवस्थामा रहेको भन्ने छ,’ डिएसपी सिंहले भने ‘ च्यापिएका विद्यार्थीलाई निकाल्न भनेर डोजर पठाइ सकेका छौं ।’
समयमै डोजर उपलब्ध नहुँदा च्यापिएका बिद्यार्थीको उद्धारमा समस्या भएको भन्ने कुरा आएपछि तत्काल डोजरको व्यवस्था गरि पठाइएको उनले बताए ।
घटनाका घाइतेलाई उपचारका लागि तुलसीपुर ल्याइएको र केहीलाई ल्याउने क्रम जारी रहेको डिएसपी सिंहले बताए ।
दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
