२०८३ असार २ गते मङ्गलवार

केपीको आरोप – प्रचण्ड अपादर्शी र छल गर्ने व्यक्ति


दाङ,मंसिर १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई प्रचण्डलाई अपादर्शी र छल गर्ने व्यक्तिको संज्ञा दिएका छन् । शनिवार बसेको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेश गर्दे प्रधानमन्त्री ओलीले प्रचण्डलाई अपादर्शी र छल गर्ने व्यक्ति भनेर आरोप लगाएका छन् । प्रचण्डले आफूलाई पायक पर्नेबित्तिकै अल्पमत र बहुमत कुरा गर्ने गरेको समेत ओलीले उल्लेख गरेका छन्

ओलीले प्रश्न गरेका छन् – ‘कामरेड प्रचण्ड, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’उनले राजनीतिमा असहमत हुन पाइने भएपनि पार्टी विघटन गर्न र नयाँ पार्टी बनाउन पाइने कुरा पनि प्रतिवदेनमा उल्लेख गरेका छन् । ‘भएकै कुनै पार्टी जोडिन पाइन्छ । तपाईं आफैं यस्ता कुरालाई स्वाभाविक र आफ्नो नियमित अभ्यास भन्ने गर्नुहुन्छ,’ ओलीले लेखेका छन् ‘भत्काउने– बनाउने– फेरि भत्काउने विषयलाई गर्वको विषय बताउनु हुन्छ।’

त्यसका साथै प्रधानमन्त्री ओलीले अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइने र विश्राम लिन पनि पाइने कुरा उनले उल्लेख गरेका छन् ।

कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यताविपरीत रहेको आरोप लगाएका थिए । जसमा उनले ओली सरकार भ्रष्टचारको दलदलमा फसेको पनि उल्लेख गरेका थिए । त्यसैको जवाफ दिदै ओलीले शनिवार बैठकमा ३८ पृष्ठि लामो प्रतिवेदन पेश गर्दै प्रचण्डलाई ती आरोपहरु लगाएका हुन ।

ओलीले चुनौती दिदै भनेका छन् ‘कि आरोप पुष्टि गर्नुस र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस ।’

त्यस्तै ओलीले नयाँ पुस्तालाई आफू सग्लो र एकीकृत पार्टी हस्तान्तरण गरेर अवकाश लिने इच्छा रहेको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै ओलीले युद्धका बेला काम लागेका विधिहरू शान्तिपूर्ण, लोकतान्त्रिक र खुला समाजमा सधैंभरि काम नलाग्ने बताएका छन् ।

आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात प्रधानमन्त्री नबन्ने ओलीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *