
काठमाडौं, मंसिर ११। अर्जेन्टिनाका फुटबल डिएगो म्याराडोनाको निधन भएको छ ।विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
‘कार्डिक अरेस्ट’ (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।दुई हप्ताअघि मात्रै ‘ब्लड कल्ट’ बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।
सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार