२०८३ असार ११ गते बिहिवार

राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाइ कोरोना भाइरस संक्रमण भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ आइसोलेशनमा बसेका एन्फाले जनाएको छ । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित छन् । नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर २ गते खेल्ने तय भएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ ।

प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *