दाङ,असोज २५ । पाँच मिनेको अन्तरमा बाँकेमा गएराति कोरोना संक्रमित थप दूई जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० निवासी ८४ वर्षीय एक पुरूषको शनिवार राति ९ ः ५५ बजे र कोहलपुर नगरपालिका वडानं. ८ गोल्छा निवासी ७१ वर्षीया महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
नेपालगञ्जका पुरुषको असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो भने कोहलपुरकी महिलालाई असोज १४ गते कोरोनासंक्रमण पुष्टि भएको थियो ।
उनीहरु दुबै जनाको गम्भीर प्रकृतिको निमोनियाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएकाछन्।
यो संगै बाँकेमा ३८ जनाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ । जसमा बाँके जिल्लाका मात्रै २६ जना र बाहिरी जिल्लाहरुवाटउपचारका लागि बाँके लगिएका थप १२ जना रहेका छन् ।
प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
