२०८३ कार्तिक १२ गते बुधवार

पाँच मिनेको अन्तरमा बाँकेमा थप दूई जना कोरोना संक्रमितको मृत्यु

दाङ,असोज २५ । पाँच मिनेको अन्तरमा बाँकेमा गएराति कोरोना संक्रमित  थप दूई जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० निवासी ८४ वर्षीय एक पुरूषको शनिवार राति ९ ः ५५ बजे र कोहलपुर नगरपालिका वडानं. ८ गोल्छा निवासी ७१ वर्षीया महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

नेपालगञ्जका पुरुषको असोज ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो भने  कोहलपुरकी महिलालाई  असोज १४ गते कोरोनासंक्रमण पुष्टि भएको थियो ।

उनीहरु दुबै जनाको गम्भीर प्रकृतिको निमोनियाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएकाछन्।

यो संगै बाँकेमा ३८ जनाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ । जसमा बाँके जिल्लाका मात्रै २६ जना र बाहिरी जिल्लाहरुवाटउपचारका लागि बाँके लगिएका थप १२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *