२०८३ बैशाख १४ गते सोमवार

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, प्रहरीद्धारा हवाई फायर

बुटवल, असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ।आइतबार साँझ साढे ६ बजेतिर पोखरेल सवार गाडीमा राजमार्ग नजिकै मिलनचोकमा ढंगा प्रहार भएको हो । उनी काठमाडौंबाट बुटवल आउँदै गरेका थिए ।

पोखरेलको गाडीमा ढंगा प्रहार भएपछि प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीका साथै अगुवा तथा पछुवाको गाडिमा समेत क्षति केही भएको छ ।अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्र्मी परिचालन गरिएको छ ।

प्रहरी स्रोतका अनुसार गाडीमा ढुंगा प्रहार भएपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगरमा लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । राजधानी सार्न नपाइने माग गर्दै बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै जान थालेको छ ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *