२०८३ असार १० गते बुधवार

तरुण कप फुटसल प्रतियोगिता शुरु

तुलसीपुर, असोज १५ । नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आयोजनामा विहीवारदेखि तुलसीपुरमा तरुण कप फूटसल प्रतियोगिता सुरु सुरु भएको छ । प्रतियोगिता तुलसीपुर ५ का तरुण अध्यक्ष सुनिल डाँगीको अध्यक्षता र नेपाली काँग्रेसका क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो ।

प्रतियोगिता उद्घाटनका क्रममा क्षेत्र नं. ३ का उपसभापति प्रमोद बस्नेत, तुलसीपुर ९ का वडाध्यक्ष तथा काँग्रेस क्षेत्र नं. ३ (क) का सभापति घनश्याम ढकाल, क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली , तुलसीपुर वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसी, वडा नं. २ का अध्यक्ष राजु आचार्य, नेपाली काँग्रेस तुलसीपुर ५ का वडा सभापति मदन धिताल, नेबिसंघका पूर्ब केन्द्रीय उपाध्यक्ष प्रदिप खड्का, पूर्व केन्द्रीय सदस्य युबराज खड्का लगाएतको सहभागिता थियो ।

त्यस्तै तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा खेलकुद संयोजक माइकल नेपाली, दाङ जिल्ला फूटबल संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठ, वीपी कोइराला युबा नेतृत्व बिकास मञ्चका जिल्ला अध्यक्ष सरोज शाह लगायतका जिल्ला तहका नेविसंघका नेताहरुको पनि सहभागिता थियो । कार्यक्रमका बक्ताहरुले तरुणदल वडा नं. ५ को भूमिकाले युवाहरुलाई संगठित गर्ने, खेलकुदको विकाश गर्ने तथा भाइचारा स्थापित गर्न भूमिका खेलेको बताएका थिए ।

कार्यक्रमको सहजीकरण नेबिसंघका नेता रेशम खरालले गरेका थिए । विहीवार उद्घाटन सत्रको खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई खसी उपहार प्रदान गरिने भएको छ । त्यस्तै अन्यलाई कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तरुण दल तुलसीपुर ५ का अध्यक्ष सुनिल डाँगीले बताए । तरुण दल तुलसीपुर ५ ले प्रत्यक बर्ष तरुण कप खेलकुदका प्रतियोगिता गर्दै आएको छ । यसअघिका बर्षहरुमा उस्ले फूटवल प्रतियोगिता गर्ने गरेको थियो । तर यसपालिको परिस्थितिलाई मध्यनजर गर्दै फूटसल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । जारी तरुण कप फूटसल प्रतियोगिता जिल्ला अध्यक्ष टिका घर्तीको विरोधका बाबजुद सुरु भएको छ ।

जिल्ला अध्यक्ष घर्तीले विज्ञप्ति प्रकासित गर्दै अहिलेको अवस्थामा तरुण दलले कुनैपनि प्रतियोगता आयोजना नगरेको तथा त्यसलाई कसैलेपनि सहयोग नगर्न आग्रह समेत गरेका थिए । अध्यक्ष घर्तीले सुनिल डाँगी कारवाहीमा परेको हुँदा उनी कुनैपनि जिम्मेवारीमा नरहेको भन्दै संस्थाको लेटर प्याडको दूरुपयोग नगर्न चेतावनी समेत दिएका थिए । तरुण दल भित्रको यो झगडालाई कतिपयले आन्तरिक गुटको राजनीतिका रुपमा अथ्र्याउने गरेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *