२०८३ असार ६ गते शनिवार

आईपीएलमा हैदराबादको पहिलो जित


काठमाण्डाै , असोज १४। इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

यूएइमा चलिरहेको १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जितको सुरुवात गरेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति : २०७७ असोज १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *