
तस्बिर साभार : द हिमालयन टाइम्स
बबि बस्नेत।
कुनै बेला बन्दुकबाट निस्केका गोलिका आवाज सुनेर बिउँझनु पर्ने त कहिले त्यहिँ गोलिका आवाजमा निदाउँनु पर्ने कहालिलाग्दो समय थियो।कलमबाट गरीएको क्रान्ति भन्दा बन्दुक उठाएर बन्द गरिएका अधिकार प्राप्तका लागि नथाक्ने आखाँमा लाखौँ सपनाहरु छरपष्ट देख्न सकीनथ्यो। कलमको रातो मसि भन्दा रातो तातो रगत उज्ज्वल भबिस्यको परिकल्पना गर्दै छरपस्ट आफ्नो जन्मभुमी मै लिप्त भएको यत्रतत्र देखिन्थ्यो। बम र बारुद जोडजोडले बिस्पोट हुने आवाजले प्रगती र शान्तिको बिगुल फुक्ने आशा जगाउथ्यो।
विस्तारै समय बदलिदै गयो र शासन पनि।बसन्त ऋतुको आगमन जस्तै नयाँ पालुवा पल्लबित हुन थाल्यो र बिहानी सुर्यको किरणमा सुनौलो भबिस्यका अनेकौं रङ्गहरु देखिन थाले। लाग्न थाल्यो अब हामी सबै नेपाली सुन्दर शान्त आफ्नै जन्मभुमिमा खाना, नाना र छानाको कुनै चिन्ता नगरी ढुक्कले आनन्द मनले सुत्नेछौँ।गरिबी, भष्टचार, अशान्त, निरास, बितिथी लोपोन्मुख भएर जानेछन्। क्रान्तिका बाटमा हिड्दा जसरी मुठ्ठी कसक्क कसिन्थ्यो लाग्थ्यो त्यसरि नै हामी नेपाली सबै एक ढिक्का भएर सिमा रक्षाका लागि तैनाथ प्रहरी स्तै हुनेछौँ। पुजिपतिले हात खोलेर हात हल्लाउँदै हिंड्दा लाग्थ्यो अब हामी कसैको दमन र बन्देजमा बस्नेछैनौ।
बिडम्बना आकाशमा सुर्यको प्रकाश धेरै दिन टीक्न सकेन छिनभरमै कालो बादल आएर पुरै आकाश टम्म पारिदियो। बादल बेस्मारी गड्डाङगुडुङ गर्न लाग्दा लाग्थ्यो- केही मानिस यसै गरि जोडजोडले अट्टाहास हासिरहेछन्। जोड जोडले बिजुलि चम्मकदा लाग्थ्यो- केही मानिस पुजिवादले उन्मात भएर कमर मर्काई मर्काई नाचिरहेछन्। जब जोड जोडले बर्षा हुन थाल्थ्यो लाग्थ्यो प्रायः मानिस पानीको थोपा जस्तै आँसु खसाली घुक्घुक गरि रोईरहेछन। जब वर्षा उन्मात भएर बाढी पहिरो जान्थ्यो लाग्थ्यो- केही नारिका गुमेका कहिल्लै नफर्कने सपना, सिंदुर, पोते र आफ्ना मान्छेहरु सम्झि-सम्झि रोईरहेका होलान्। जब बर्साको पानीले जमिन निथुर्क भिज्थ्यो लाग्थ्यो- प्राय मानिस पनि दु:ख, दर्द ,पिडा, रोग, भोक र सोकले चुत्रुक्क भिजेका होलान् ।
लाग्छ अब दु:ख, दर्द ,पिडा, रोग, भोक र सोकले चुत्रुक्क भिजेका उनिहरुका त्यी सुरुवाल र कमिज सायद अब फेरिन्छन वा फेरिनन्। लाग्छ अब अन्याय, अत्याचार र रगतका टाटा लागेर फाटेका उनिहरुका चोली र धोती फेरिन्छन वा फेरिनन्।शान्ति प्राप्तीका लागि हिडेका त्यी फुटेका पाईलाहरुले छियाछिया भएको मनलाई शान्त गराउछन वा गराउदैनन्।