दाङ,असार २९। दाङसम्म राजधानी नभए कर्णाली प्रदेशमा मिसिने निर्णय कोहलपुर नगरपालिकाले नगरसभावाट पारित गरेको छ ।असार २३ गते भएको नगर सभाले ५ नम्वर प्रदेशको अस्थायी राजधानी दाङसम्म आए स्वीकार्य हुने र त्यो भन्दा पूर्व गए कर्णालीमामिसिने निर्णय पारित गरेको हो ।
‘बुटवल भन्दा कर्णाली प्रदेशको राजधानी सुर्खेत कोहलपुरलाई पायक पर्ने निर्णय पारित गरेका छौ,’ उपमेयर सञ्जुकुमारी चौधरी भनिन्‘बुटवल स्थायी राजधानी भए त्यहाँवाट छुट्टिने र कर्णाली प्रदेशमा मिसिने भन्ने छ।’
चौधरीले दाङ सम्म राजधानी भयो भने त्यो स्वीकार्य हुने निर्णय समेत भएको जानकारी दिइन । ‘दाङपनि राजधानी भएन भने हामीकर्णाली प्रदेशमा मिसिनु पर्छ भन्ने कुरा नगरसभाले एकमतले पारित गरेको हो,’ उनले भनिन् ।
उनले तीन बर्षसम्म पनि प्रदेश नम्वर ५ ले स्थायी राजधानी घोषणा गर्न नसकेको हुँदा प्रेसर दिनका लागि समेत कोहलपुरको नगरसभालेत्यस्तो निर्णय पारित गरिएको तर्कपनि गरिन । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवरशम्शेर राणाले पहिले देखि नै बुटवलराजधानी भए आफुहरु कर्णालीमा मिसिने बताउँदै आएका छन् । उनले पनि दाङसम्म राजधानी भए बाँकेले स्वीकाने बताउँदै आएका छन्।
