२०८३ साउन १२ गते मङ्गलवार

भारतीय मिडियाले भ्रामक सामग्री प्रकाशन गरेकोप्रति प्रेस संगठनको आपत्ति

दाङ, असार २५  प्रेस संगठन नेपालले नेपालको राष्ट्रियतामाथि खिल्ली उडाउँदै भारतीय मिडियाले सामग्री प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका प्रदेश संयोजक सविन प्रियासन र केन्द्रीय सदस्य टीका बस्नेतले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीया राजदूत हाउ यान्छीलाई जोडेर भारतीय मिडियाले भ्रामक सामग्री प्रकाशन गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा केही दिन यता भारतीय मिडियामा नेपालको राष्ट्रिय स्वाधिनतामाथि आँच पु¥याउने खालका सामग्री प्रकाशन गरेको भन्दै आपपित्त प्रकट गरिएको छ ।
उनीहरुले त्यस्ता सामग्री प्रकाशनमा रोक लगाउन नेपाल सरकार समक्ष माग पनि गरेका छन् ।
‘नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेर नेपालको शिर उचो बनाएको छ । नेपाली भूमि नेपालकै हुनुपर्छ भनेर पैरवी गर्नु नेपाल सरकारको दायित्व हो ।
राजनीतिक बृत्तबाट कुरा गर्दा मतका हिसाबले वर्तमान सरकार इतिहासकै सबैभन्दा बलियो सरकार हो ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वाधिक लोकिप्रिय कदमकारुपमा नयाँ नक्सा सार्वजनिक गरेको उल्लेख छ ।
त्यही कार्यपछि भारतीय मिडियाहरुले अनर्गल प्रचार गरेको तथा चौतर्फि भ्रम फैलाउने काम भन्दै त्यस्ता मिडियालाई नेपालमा प्रकाशनमा रोक लगाउन माग गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *