२०८३ बैशाख १३ गते आइतवार

म उपनिर्वाचनको आकाँक्षी हैन – बुद्धिराम भण्डारी

फाइल तस्बिर

दाङ, असोज ३ । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले उपनिर्वाचनमा आँफु आकाँक्षी नभएको बताएका छन् ।फरक कोणसंगको सम्वादतमा नेता भण्डारीले धेरैको आशंका चिर्दै उपनिर्वाचनमा आँफुले उम्मेदवारी नदिने निश्चय गरेको स्पष्ट पारे । ‘आगामी मंसिर १४ गते हुने प्रदेशसभा सदस्यको निर्वाचनमा मेरो उम्मेदवारी पर्दैन,’नेता भण्डारीले भने ‘यो पटक म अन्य साथीहरुलाई सघाउँछु।’ उनले बारम्वार एउटै व्यक्तिले टिकट पाउँदा र चुनाव लड्दा राम्रो सन्देश नजाने हुँदा यसपटक आँफु आँकाक्षी नरहेको स्पष्ट पारे । तर उनले यस पटक नेपाली काँग्रेसको उम्मेदवारले निर्वाचन जित्ने दाबी पनि गरे ।

‘यो पटक जनता कम्युनिष्टहरुको साशन सैली देखेर दिक्दार भइसकेका छन् । उनीहरुले आश्वासन मात्रै बाँडे वकाश केही पनि गरेनन् । काँग्रेसले गरेको विकाशलाई हामीले गरिम भन्ने भ्रम छर्दै हिडे । त्यसैले काँग्रेसले चुनाव जित्छ,’ भण्डारीले भने । दुई पार्टी मिल्नु र आफ्नै बाट घात हुनुले आँफुले निर्वाचनमा पराजय हुनु परेको उनले बताए । दोस्रो संविधानसभा निर्वाचनमा हालका मुख्य मन्त्री शंकर पोखरलाई पराजित गरेका काँग्रेस नेता भण्डारी गत प्रदेशसभा सदस्यको निर्वाचनमा भने स्वर्गीय उत्तरकुमार वलीसंग पराजित भएका थिए ।

निर्वाचन हारेपनि काँग्रेसको शिद्धान्तले   जितेको छ
उनले नेपाली काँग्रेसले निर्वाचनमा हार बेहोरेपनि काँग्रेसको शिद्धान्तले जितेको बताएका छन् । ‘बहुलवाद र संसदीय पद्धतीमा देश चलिरहेको,’काँग्रेस नेता भण्डारीले प्रश्न गरे ‘के माओवादीहरु संसदीय पद्धती र बहुलवाद चाहान्थे र ?’ उनले नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोईरालाले २०७२ साल असोज ३ गते संविधान जारी गरेको दिनलाई एैतिहासिक एउटा गौरवपूर्ण दिनको रुपमा अथ्र्याए ।

९१ प्रतिसत माननिय सभासदले हस्ताक्षर गरेर अनुमोदन गरेको गरेको संविधानमा ९ प्रतिसतले मात्रै हस्ताक्षर नगरेको हुँदा संविधान अत्यधिक बहुमतले पारित भएको उनले तर्क गरे । ‘मैले त नयाँ संविधानमा नपुग केरा केही देखेको छैन,’ भण्डारीले भने ‘यद्यपी समयको माग अनुरुप संविधान संशोधन हुँदै जाने कुरा हो।’

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *