२०८३ असार १३ गते शनिवार

छुट्टाछुट्टै दुर्घटनामा १० जना घाइते

फोटो : देवेन्द्र भण्डारी

दाङ, असोज १ । बुधवार भएका छुट्टाछुट्टै दुर्घटनामा परी दशजना घाइते भएका छन् । दिउँसो ४ बजेतिर तुलसीपुर–सुकौरा सडकखण्डमा रा १ ज ७०२ नम्वरको जीप ओभरस्पिडका कारण दुर्घटना हुँदा एक दम्पत्ति घाइते भएका छन् ।

काम गरिरहेका पुन दम्पत्ति दुबैको खुट्टा भाच्चिएको छ । उक्त सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को अटोभिलेजमा जीप सडकबाट खस्न पुग्दा काम गरिरहेका पति पत्नी तुलसीपुर–५ निवासी ३५ बर्षीय कृष्ण पुन र ३० बर्षीया गंगा पुन घाइते भएका छन् । कृष्णको बायाँ खुट्टा भाँचिएको छ भने गंगाको दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाइते पुन दम्पत्तिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । त्यो जीप बसपार्कबाट गोलौरातर्फ जाँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मदिराले मातेका चालकले हाँकेको हायस पल्टियो
तुलसीपुरकै गहते खोलामा हायस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तुलसीपुरबाट रगैंचातर्फ जाँदै गरेको बा ३ ख १६०२ नम्वरको हायस अनियन्त्रित भई पल्टिदा दुईजना पैदल यात्रुसहित हायसमा सवार थप ५ जना घाइते भएका छन् । हायसको ठक्करबाट पैदल यात्रु तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५८ बर्षीया सीता डाँगी र हायसमा सवार बबई गाउँपालिका वडा नं. ७ निवासी ६० बर्षीया मञ्जु चौधरी गम्भीर घाइते भएका छन् । उनीहरु दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

फोटो : देवेन्द्र भण्डारी

त्यो दुर्घटनामा परी पैदलयात्री तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी १८ बर्षीया कमला डाँगी, दंगीशरण गाउँपालिका वडा नं. ७ निवासी ४७ बर्षीया तिलकुमारी डाँगी, बबई गाउँपालिकाको वडा नं। ६ निवासी १८ बर्षीया पूर्णिमा चौधरी, सोही गाउँपािलको वडा नं. ७ निवासी ३२ बर्षीया चिन्टी चौधरी र सोही ठाउँकी ३५ बर्षीया सीता चौधरी घाइते भएका छन् । उनीहरुमध्ये तिलकुमारी डाँगी र चिन्टी चौधरीको अवस्था मध्यमखालको रहेको जानकारी दिइएको छ । उनीहरु सबैको उपचार भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले बताएको छ । चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका निवासी २४ बर्षीय करण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी पनि सामान्ने घाइते भएका छन् । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार चालकले अध्यधिक मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन् ।

मोटरसाईकल घाइतेलाई प्रहरीले उद्धार ग¥यो
मोटरसाईकल दुर्घटनामा परेर बेहोस अवस्थामा फेला परेका एक युवालाई प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको छ । तुलसीपुर उपमहागनरपालिका वडा नं. २ भमकेखोला पुल नजिकै रा १ प २६५२ नम्बरको मोटरसाईकल बुधवार दिउँसो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त मोटरसाईकलको नजिकै एक युवक अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि पु¥याएको छ । घाइतेको यो खबर तयार पार्दासम्म नाम ठेगाना खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *