२०८३ जेष्ठ ३१ गते आइतवार

असोज भित्र पसल दर्ता नगरे कारवाही


तुलसीपुर, भदौ २५ । तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालन भएका सबै व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउनका लागि तुलसीपुरले अभियान सञ्चालन गरेको छ ।

विभिन्न निकायमा दर्ता भएपनि उपमहानगरपालिकाभित्र दर्ता नगरेर धेरै व्यवसाय सञ्चालन भइरहेको भन्दै व्यवसाय दर्ताको अभियान सञ्चालन गरिएको वित्तिय अधिकृत ललित घर्तीले वताए । उनले व्यवसाय दर्ताका लागि असोज महिनाभित्रको समय सीमा निर्धारण गरिएको जानकारी दिए ।

तुलसीपुरमा १२ हजार व्यवसाय सञ्चालन हुँदै आएको भएपनि जम्मा ५ हजारको हाराहारीमा मात्रै दर्ता रहेको घर्तीले बताए । व्यवसाय दर्ता गरेर सञ्चालन गरेको तीन वर्षभन्दा वढी समय भएकाहरुको हकमा ३ वर्षको मात्रै नविकरण शुल्क लिइने भएको छ । असोजपछि व्यवसाय दर्ता नगरेर चलाउनलाई कारवाही हुने घर्तीले चेतावनी दिएका छन् । त्यस्ता व्यापारीहरुलाई उपमहानगरपालिकको कुनै पनि सिफारिस समेत नदिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *