
बुटवल, साउन ३१ । प्रदेश नम्बर ५ प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको गाडीमा पेट्रोल बम प्रहार भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरको प्राङगणमा पार्किङगरि राखिएको गाडीलाई लक्षित गरि प्रहार गरिएको पेट्रोल बमबाट गाडीमा क्षति पुगेको छ । गाडिको पछाडीको भागमा फुटेको छ । ढकाल भने उपचारका लागि काठमान्डौंमा छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विहीवार राति अज्ञात समहुले पेट्रोल बम प्रहार गरेको जानकारी दिएको छ । प्रहरीले बम प्रहार कस्ले र किन गरेको हो भन्ने वारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ । राज्यद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले ढकालको घरमा लक्षित गरि पेट्रोल बम प्रहार गरेको हुन प्रहरीले आशंका व्यक्त गरेको छ ।
प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार