२०८३ असार १३ गते शनिवार

श्रेष्ठद्वारा कपडा बैंकलाई पाचसय थान कपडा सहयोग

तुलसीपुर, २५ साउन ।
दाङको तुलसीपुरमा केहि दिन अगाडिदेखि सञ्चालनमा आएको कपडा बैंकलाई दाङका समाजसेवी तथा दाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले कपडा सहयोग गरेका छन् । सबै क्षेत्रबाट सामाजिक र सकारात्मक कामको सुरुवात भएको प्रतिक्रिया आईरहेको सन्दर्भमा समाजसेवी श्रेष्ठले साडी, धोती, कुर्तालगायतका झण्डै पाच सय थान कपडा हस्तान्तरण गरेका हुन् ।

शनिबार एक कार्यक्रमका बीच श्रेष्ठले आफै नयाँ बसपार्कमा पुगेर कपडा बैंकमा सामान लिन आएकाहरुलाई हस्तान्तरण र वितरण समेत गरे । उनले भने ‘यो सामाजिक कामको राम्रो सुरुवात भएको छ यसको निरन्तरताको लागि हामी अन्य सहयोगसमेत गर्नेछौँ ।’ उनले कार्यक्रममा भने ‘आफूले सहयोग गरेका सामानहरु जसलाई अति आवश्यक छ उसको प्रयोगका लागि दिनुहोला यस्मा आयोजकले राम्रोसँग ध्यान दिनुहोला ।’

श्रेष्ठले चाडपर्वलाई लक्षित गरी महिला दिदीबहिनीहरुका लागि कपडा आवश्यक पर्ने भएको हँुदा सक्दो सहयोग गरेको बताए । कपडाको पहुँचबाट बञ्चित भएकाहरुलाई मध्यनजर गरी मंगलबारदेखि तुलसीपुर बसपार्कमा केन्द्र सञ्चालन भएको थियो । सहायता केन्द्रका अध्यक्ष भिमसेन लहरेले दैनिकजसो कपडा लैजानेहरुको भिडभाड हुन सुरु भएको बताए ।

शनिबारसम्म झण्डै आठ सयजनाले कपडा बैंकमा आएर विभिन्न किसिमका कपडा लिएको बताए । उनले समुदायलाई केही न केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले सहयोग गरी अभियानको निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *