२०८३ असार १३ गते शनिवार

रात्रीबस त्रिशुलीमा खस्यो ३ जनाको मृत्यु, दर्जन भन्दा बढी हराइरहेको आशंका

धादिंग, साउन २४ । यात्रुबाहक त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना भन्दा बढी घाइते भएका छन । दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३:३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

बसमा ३८ यात्रु सवार रहेको बताइएको छ । ३ को मृत्यु र १६ को उद्धार गरिएकाले बाँकी यात्रु त्रिशूली नदीमा हराइरहेको हुनसक्ने प्रहरिले जानकारी दिएको छ । बसमा ठ्याक्कै यति नै यात्रु थिए भन्ने नखुलेकाले हराउनेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

घाइतेहरुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बस सडकबाट २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ साउन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *