
दाङ, साउन २० । आज साउन शुक्ल पञ्चमी । यो अवसरमा आजका नाग मन्दिर र घरघरमा नागको पूजा आरधना चलिरहेको छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने गरिन्छ । आज घर घरमा नागको चित्र टाँग्ने गरिन्छ ।
प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास आदी खोर पूजा गर्दै गाईको गोबरले घरको मुल ढोकामाथि नागको चित्र टाँस्ने चलन चल्दै आएको छ ।
नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्प आदीको भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने जन विश्वास रहँदै आएको छ ।
भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने हुँदा आजका दिनदेखि खनजोत पनि बन्द हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार