दाङ, मंसिर १३ ।
आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेको हो । आज सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
नेपाली बाजरमा बिहीबारदेखि सुन सुनको भाउ क्रमिक रुपमा बढ्दै गएको छ । शुक्रबारपनि सुन तोलामा तीन हजार तीन सय रूपैयाँ बढेको थियो । शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस तीन हजार ६ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज प्रतितोला २० रूपैयाँ बढेको हो । आज चाँदी तोलाको तीन हजार दुई सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला तीन हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ मङ्सिर १४ गते आइतवार
