२०८३ मङ्सिर १२ गते शुक्रवार

सुनको मूल्य आज ३ हजार ३ सयले बढ्यो

दाङ, मंसिर ११ ।

शुक्रबार सुन तोलामा तीन हजार तीन सय रूपैयाँले बढेको छ ।
आज सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार पनि सुन तोलामा एक हजार चार सय रूपैयाँ बढेको थियो ।
बिहीबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । दुई दिनमा सुनको भाउ तोलामा चार हजार सात सय रूपैयाँ बढेको छ ।
सुन आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस तीन हजार ६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा एक सय २० रूपैयाँ बढेको छ । शुक्रबार चाँदी तोलाको तीन हजार एक सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी बिहीबार प्रतितोला तीन हजार ७५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *