२०८३ मङ्सिर ११ गते बिहिवार

५ महिना पछि प्रहरीले फिर्ता गर्‍यो, ब्यक्तिबाट खोसेको ५५ लाख ९० हजार


दाङ, मंसिर १० ।


पाँच महिना अघि प्रहरीले खोसेको झन्डै ५६ लाख रुपैयाँ सम्बन्धित ब्यक्तिले बुधबार फिर्ता पाएका छन् । यो घटना डोल्पाको हो ।


जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका –७ का ४२ बर्षीय भक्तिचन्द्र रोकाया र ३२ बर्षीय विष्णुलाल रोकायाले पाँच महिना पछि प्रहरीले उनीहरुबाट खोसेको ५५ लाख ९० हजार रुपैयाँ फिर्ता पाएका हुन ।
गत असार ३१ गते प्रहरीले ती दुई मोटरसाइकलमा यात्रारत रहेको समयमा त्रिपुरासुन्दरी–१ त्रिपुराकोट बगर बजारबाट उनीहरुबाट ५५ लाख ९० हजार रुपैयाँ नियन्त्रणमा लिएको थियो ।


जतिखेर उनीहरु सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी –७ छ्ल गाउँतर्फ भे १३ प ९२६५ नम्बरको मोटरसाइकल मार्फत जाँदै थिए । सवारी चेकजाँच गर्ने क्रममा आधा करोड बढी रकम फेला पारेपछि प्रहरीले अबैधको आशंकामा नियन्त्रण्मा लिएको थियो । रोकाया द्धयलाई पनि प्रहरीले थुनेको थियो ।
तर, जिल्ला सरकारी वकिल कार्यालयको सहमति पछि उनीहरु केही दिनमै अर्थात साउन ४ गते हाजिरी जमानीमा छुटेका थिए । त्यसपछि पीडित रोकाया द्धयले आँफुहरुको पैंशाको स्रोत पुष्टिहुने आधारहरु पेश गर्दै गएपछि मुद्दाको अनुसन्धान थप अगाडि बढेको थियो ।
निरन्तर पाँच महिना लामो प्रयास पछि त्यो रकम ब्यापारिक प्रयोजनबाट प्राप्त भएको हो भन्ने तथ्य पुष्टि हुने कागजातका आधारमा बल्ल उनीहरुले आफ्नो पैंशा फिर्ता पाएका हुन ।


बरामद रकम बारे लामो अनुसन्धान पछि रकमको वैधानिक स्रोत पुष्टि हुन पुगेपछि प्रहरीले सम्बन्धित ब्यक्तिलाई रकम फिर्ता गर्नु परेको हो ।
यो बिषय जिल्ला अदालत हुँदै जिल्ला सरकारी वकिलको कार्यालय, जुम्लास्थित उच्च अदालत, काठमाडौंस्थित महान्यायाधिबक्ताको कार्यालयसम्म पुगेको थियो । जिल्ला सरकारी वकिल कार्यालयका वकिल गोबिन्द शाहीले भदौ २५ गते मुद्दा नचलाउने निर्णय गरेका थिए । सोही राय उनले उच्च अदालत जुम्लामा पठाएका थिए ।


जुम्मा उच्च अदालतले पनि सोही राय लेखेर काठमाडौंस्थित महान्यायाधिबक्ताको कार्यालयमा पठाएको थियो । त्यहाँबाट मंसिर ७ गते सरकारी वकिल कार्यालयलाई पक्राउ परेका दुई जनाको रकम फिर्ता गर्न तथा मुद्दा नचलाउनु भन्ने निर्णय आएको थियो ।
त्यसपछि जिल्ला सरकारी वकिल शाहीले मंसिर ८ गते जिल्ला प्रहरी कार्यालय डोल्पाको नाममा पत्रचार गरि रोका द्धयका सामान र रकम फिर्ता गर्न भनेका थिए । त्यसपछि मंसिर ९ गते जिल्ला प्रहरी कार्यालयले रोकायाद्धय बोलाएर रकम फिर्ता गरेको हो ।
प्रहरीले भरपाई गराएर रोकायाद्धयबाट पाँच महिना पहिले खोसेको झन्डै ५६ हजार रकम फिर्ता गरेको हो ।


जस्लाई प्रहरीले यसअघि हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिबेदन पठाएको थियो । प्रहरीले रोकायाद्धयबाट बरामद रकम जफत गर्नुपर्ने मागदाबिको रायसहतिको प्रतिबेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।


तर, यो बीचमा रोकाया द्धयले प्रहरीले आँफुसंग खोसेको रकम बैधानिक हो भन्ने आधारहरु पेश गरेका थिए । उनीहरुले त्यो रकम ‘शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज’ र ‘डिभिजन वन कार्यालय डोल्पा’बाट यार्सागुम्बाको कारोबारका लागि संलग्न रहेको भन्ने कागजातको प्रमाण पेश गरेका थिए ।
रोकाया द्धयले त्यो रकम यार्सा खरिद गरे बाफत काठमाडौंका ब्यापारीले बैंक मार्फत पठाएको प्रमाण पनि पेश गरेका थिए ।
ती प्रमाणको आधारमा प्रहरीले खोसेको रकम वैधानिक व्यावसायिक कारोबारबाट प्राप्त भएको पुष्टि भएपछि प्रहरी रकम फिर्ता गर्न बाध्य भएको हो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *