
तुलसीपुर, मंसिर ५ ।
अनलाइन जुवा खेलाएको आरोपमा लमहीबाट पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतिय नागरिक छन् ।
डोटीको दिपायल सिलगडी नगरपालिका – ३ दिपायलका ३२ बर्षीय सागर रानासहित चार जना भारतिय नागरिक अनलाइन जुवा (सट्टेबाजी) खेलाउने उपकरणसहति पक्राउ परेका हुन ।
पक्राउ परेका चार भारितय नागरिकहरु – भारतको मध्य प्रदेश शंकराचार्य नगर हुजुर सिकन्दरी सराय भोपालका २४ को जसवन्तसिंह तोमर, सोही ठाउँको गीता नगर भानपुरका २४ बर्षकै सत्यम राजपुत, सोही ठाउँको लिलाधर कालोनी भानपुर हुजुर पिपल्स कैपस भोपालका २४ बर्षे हर्ष सिंह भनिने हर्ष उसरेटे र सोही ठाउँको २७ बर्षीय राहुल चन्द रहेका छन् ।
लमही नगरपालिका–५, रातोडाँडास्थित ‘जस्मिन होटल एन्ड लज’को तेस्रो तलाको २०३ नम्बरको कोठा भाडामा लिएर उनीहरुले अनलाइन जुवा खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बिभिन्न अनलाइन प्लेट फर्मको प्रयोग गरि उनीहरुले अनलाइन जुवा खेलाउन प्रयोग गरेका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ वटा बिभिन्न १३ वटा स्मार्ट मोबाइल फोनहरु बरामद भएको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाका आधारमा शुक्रबार राति १० बजेतिर होटलमा पुगेर प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुले जुवा खेलाउन ‘कुश ७७७’ ‘कुश इएक्ससिएच’ एप्लिकेशनको माध्यम प्रयोग गरेको पाइएको छ ।
ती अनलाइन प्लेट फर्म प्रयोग गरि अनलाइन जुवा खेलाउनेहरु माथि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । यतिखेर नेपालमा –नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । सुर्खेतमा मंसिर ८ गतेदेखि १०औं राष्ट्रिय प्रतियोगितापनि सुरु हुँदै छ । उनीहरुले नेपालका साथै बिभिन्न अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने गरेको सुरारकका आधारमा प्रहरीले लमहीस्थित एक होटेलमा छापा हानेर पक्राउ गरेको हो ।
