
दाङ, मंसिर २ ।
लगातार ६ दिनदेखि सुनको घाउ घटिरहेको छ ।
बुधबार पनि सुनको भाउ तोलामा ६ हजार ३ सयले घटेको छ । आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
यो अघिल्लो दिनको भन्दा तोलामा ६ हजार तीन सय रूपैयाँ कम हो ।
मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँ घटेको कम हो ।
चाँदी मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुभबार सुन प्रतिऔंस तीन हजार सात सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ३ गते बुधवार
