
तुलसीपुर , मंसिर १ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद प्रक्रियालाई थप पारदर्सी बनाउने भएको छ ।
ऋबदेखि प्रतिष्ठानले सोझै खरिद गर्ने अवस्थाका एक लाख मूल्य बढीका सामाग्रीसमेत सार्वजनिक सूचना जारी गरी प्रतिष्पर्धाका आधारमा खरिद गर्ने भएको छ ।
एक लाख रुपैयाँभन्दा बढी मूल्यका मालसामान, परामर्श सेवा वा अन्य सेवा सोझै खरिद गर्नु परे प्रतिष्ठानको वेबसाइटमा सार्वजनिक सूचना प्रकाशन गरी शिलबन्दी दरभाउ पत्र मार्फत प्रस्ताव माग गरिने छ । प्राप्त प्रस्तावका आधारमा खरिद प्रक्रिया अगाडि बढाइने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले मंगलबार जारी गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्थाअनुसार खरिद कार्यलाई व्यवस्थित बनाउने यस्तो निर्णय गरिएको उल्लेख छ ।
प्रतिष्ठानले आफ्ना सम्पूर्ण विभाग तथा शाखाहरूलाई खरिदका लागि माग फाराम पठाउँदा आवश्यक सामग्री वा सेवाको स्पेसिफिकेसन (विस्तृत विवरण) अनिवार्य रूपमा खुलाउन निर्देशन दिइएको छ ।
यो निर्णयले खरिद प्रक्रियामा हुने सम्भावित अनियमितता न्यूनिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
गुणस्तरिय सामग्री तथा सेवा प्राप्त गर्न त्यसले सहज हुने आशा गरिएको छ ।
