दाङ, मंसिर १ ।
नेपाली बजारमा लगातार पाँच दिनदेखि सुनको मूल्य घटिररहेको छ । मंगलबारपनि सुनको मूल्य घटेको छ ।
गत शुक्रबारदेखि लगातार सुनको मूल्य घटी रहेको छ ।
आज सुन तोलामा एक हजार नौ सय रूपैयाँ घटेको छ ।
सोमबार सुन तोलामा एक हजार एक सय रूपैयाँ घटेको थियो । आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साथै मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी आज तोलाको तीन हजार चार सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।
चाँदी सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार
