
तुलसीपुर, कात्तिक २९ ।
छिमेकीले शरिरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर जलनमा परेका दाङका एक ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
राजपुर गाउँपालिका– २ मटेरियाका ४९ बर्षीय रुपलाल चौधरीको उपचारका क्रममा आइतबार बिहान ६ बजेतिर बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार शनिबार दिउँसो सवा २ बजेतिर राजपुर गाउँपालिका– २ बेलाको खाल गैरा खेल मैदानमा संगै मदिरा सेवन पछि राजपुर –२ मटेरियाका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले छिमेकी रुपलाल चौधरीको शरिरमा पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । जसबाट चौधरीको ८५ प्रतिसत शरिरको भाग जलेको थियो । कार्कीले छिमेकी चौधरीमाथि आगो लगाइ भागेपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेको र प्रहरी तत्काल घटनास्थल पुगेपनि एम्बुलेन्स आउन केही ढिला भएको कारण २० मिनेट पछि लमही अस्पताल तर्फ पठाइएको बुढाथोकीले बताए ।
गम्भीर अवस्थाका उनलाई सुरुमा जिल्लाकै लमही अस्पतालमा लगेर प्रारम्भीक उपचार पछि नेपालगंज रिफर गरिएको थियो ।
प्रहरीका अनुसार कार्की र मृतक चौधरीले दुबैले संगै बसेर खेल मैदानमै मदिरा सेवन गरेका थिए । त्यसपछि सामान्ने बिबादका क्रममा कार्कीले मोटरसाइकलमा राख्नका बोत्तलमा ल्याएको पेट्रोल एकाएक चौधरीको शरिरमा छर्केर लाइटरबाट आगो लगाइ भागेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको घटना अनुसन्धान गरि रहेका इप्रका गढवाका प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
जिल्लाका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार फरार रहेका कार्कीलाई जिल्लाकै लमही नगरपालिका – ५ रातोडाँडा बाट घटनाको केही बेरमै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
शनिबार दिउँसो हाइवय निजकैको खुल्ला चौरमा संगै मदिरा सेवन पछि आपसमा भएको सामान्ने भनाभनका क्रममा कार्कीले चौधरी माथि पेट्रोल छर्केर भागेको दृष्य स्थानीयले देखेपछि प्रहरीले खबर गरेका बुढाथोकीले बताए ।
आरोपी कार्कीलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्दै छ । म्याद थप पछि घटना बिवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार आरोपी कार्की काठमाडौंमा बसेर पठाओमा ड्राभिङको काम गर्थे । उनी तिहार मान्न गाउँमा आएका थिए । सोही क्रममा यो घटना घटाएका िथए ।
घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।
यो घटनाको चौतर्फी निन्दा भएको छ ।
