

दाङ, कात्तिक २८ ।
शनिरबार दिउँसो भएको सवारी दुर्घटनामा परि बाँकेका तीन जनाको मृत्यु भएको छ । जस्मा बाबु छोरापनि छन् ।
बर्दियामा गाडीको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका – ५ चिल्लरियाका मोटरसाइकल चालक ३४ बर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका बुबा दलबहादुर खत्रीको मृत्यु भएको छ । घाइते मध्य बुवा दलबहादुरलाई ४ बजेर ९ मिनेटमा र छोरा हुकुमबहादुरलाई ४ ः १४ बजे जिल्ला अस्पताल गुलरियामा मृत घोषणा गरेका जिल्लाका प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।
दिउँसो पौने ४ बजेतिर बर्दियाको गुलरिया नगरपालिका –११ लालपुरस्थित हुलाकी सडकखण्डमा गुलरियाबाट बाँकेको नेपालगंज तर्फ आउँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरित दिशा तर्फ जाँदै गरेको चो १ सिएम ९४३७ नम्बरको भारतिय नम्बर प्लेनको मोटरसाइकललार्य ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि मिनी गाडीपनि सडकमा पल्टिएको थियो । त्यो दुर्घटनामा परि गाडीमा सवार थप १५ जना घाइते भएका छन् ।
त्यस्तै शनिबार दिउँसो बाँकेको नेपालगंज–कोहलपुर सडक खण्डमा नेपालगंजदेखि कोहलपुर तर्फ आउदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बराके इडी गाडीले कोहलपुर नगरपालिका –८ पिपरीमा पैदल यात्रुलाई ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
उक्त गाडीको ठक्करबाट कोहलपुर –२ सिद्धनगरकी ५८ बर्षीया दमन्ती सापकोटाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
दुर्घटना पछि घाइते सापकोटालाई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिएको थियो ।
जहाँ चकेजाँच पछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चालक दांङको तुलसीपुर उपमहानगरपालिका – ६ का ४३ बर्षीय बटकनवा चौधरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरीले नियन्त्रणमा लिएको छ ।
