२०८३ कार्तिक २८ गते शुक्रवार

३० फिट मुनीबाट गोताखोरले निकाले अनुपको शब


तुलसीपुर , कार्तिक २७ ।

घोराहीस्थित सिंचाइ ड्याममा डुबेर बेपत्ता युवकको शब गोताखोरले निकालेका छन् ।

घोराही उपहमहानगरपालिका –१० अर्घुस्थित सिंचाइ ड्याममा पौडी खेल्न पसेका मध्य घोराही –१२ बेलघारका २३ बर्षीय अनुप चौधरी बिहीबार दिउँसोदेखि डुबेर नै बेपत्ता थिए ।
सशस्त्रको गोताखोर टोलीले अनुपको शव ३० फिट गहिरो पानी मुनी माटोमा गाडिएको अवस्थामा शुक्रबार बिहान साढे ११ बजेतिर फेला पारेको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख प्रहरी निरीक्षक गगन शाहीले बताए ।
सशस्त्र प्रहरी बल, नेपाल न. ४२ रिजर्भ गण हेड क्वार्टर शमसेरगन्ज बाँकेबाट आएको प्रदेश स्तरिय बिपद ब्यबस्थापन टिमबाट सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा विशेष तालिम प्राप्त ७ जनाको गोताखोर टोली आएपछि सोही टोलीले अनुपको शब ड्यामबाट निकालेको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार अनुप अघिल्लो दिन मात्रै मामाको घरमा आएका थिए । जस्ले दिउँसो अन्य साथीहरु संग मिलेर मदिरा सेवन पछि ७ जना जना साथिहरु संगै पौडी खेल्ने भनेर ड्याममा हाम फालेका थिए । तर, ती मध्य ६ जना पौडिएर ज्यान जोगाउन सफल भएपनि अनुप भने बीचमा पुगेपछि डुबेर बेपत्ता भएका थिए । जस्को शब शुक्रबार फेला परेको हो ।

बेपत्ता अनुपको खोजीका लागि बिहीबार पनि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सम्युक्त टोली लगाएत स्थानीयले खोजीको प्रयास गरेपनि फेला परेको थिएन ।
मचुल्का तयार पार्ने कार्य सकिए पछि अनुपको शब पोष्टमार्टमका लागि अस्पताल लगिने भएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *