२०८३ कार्तिक २७ गते बिहिवार

देउखुरीमा लगातार दुई दिन दुई मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

दाङ, कार्तिक २६ ।

दाङको देउखुरीमा लगातार दुई दिन दुई फरक मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बुधबार बेलुकी लु . ६ प ७७३ नम्बरको मोटरसाइकलको ठक्करबाट गढवा गाउँपालिका – ७ मानपुरका ३० बर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो ।
बुधबार बेलुकी साढे ७ बजेतिर राजपुर बाट गढवा तर्फ आउँदै गरेको मोटरसाइकलले एकै दिशामा आइ रहेको साइकललाई ठिक्कर दिएको थियो ।
गम्भीर घाइते चौधरीलाई लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले मोटरसाइकल चालक गढवा – ६ बग्रापुरका सुनिल चौधरीसहित अर्का एक जना मोटरसाइकल चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए ।
लु . ६ प ७७३ नम्बरको मोटरसाइकल चालक सुनिलका साथै पछाडि आइ रहेको अर्कौ मोटरसाइकलले पनि घाइतेलाई ठक्कर दिएको आशंका भइ रहेको हुँदा दुई जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ ।
त्यसको अघिल्लो दिन राति मात्रै देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको ज्यान गएको थियो ।

मंगलबार मध्यरातिमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२ –००२ प ४५४२ नम्बरको मोटरसाइकलले बाटो काट्ने लमही नगरपालिका –५ का ७० वर्षीय सोर बुढा मगरलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेले बताए । मोटरसाइकल चालक लमही – ५ रातोडाँडाका सागर बुढा मगर प्रहरीले नियन्त्रणमा छन् ।
दुबै दुर्घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *