
दाङ, कार्तिक २६ ।
तीन बर्षदेखि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलबाट छुटेका छन् ।
उनी २०८० वैशाख ३१ गतेदेखि थुनामा थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भइ कारागार उनी बस्दै आएका थिए । अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
तर, यो बीचमा रायमाझीले ज्येष्ठ नागरिकको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । त्यसैमाथि सुनवाई गर्दै अदालतले उनलाई छोड्न आदेश दिएको थियो ।
फलस्वरुप रायमाझी जेष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६५ वर्ष उमेर पुगेका कैद सजायमा छुट दिने निर्णय अनुसार बिहीबार बिहान छुटेका हुन ।
उनलाई जिल्ला अदालत काठमाडौंको गत असार ३० गतेको आदेशले कात्तिक २६ गते रिहा गर्न आदेश दिएको थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका तर ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउने सक्ने ब्यबस्था छ ।
